नेपाली बजारमा रेड्मी नोट १४ सिरिज सार्वजनिक, कति पर्छ मूल्य ?
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी नोट १४ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंस्थित अलफ्ट होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रों ५जी गरी चार मोडेलहरू प्रस्तुत गरेको हो।
यी मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिस डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता रहेको कम्पनीले दावी गरेको छ। रेड्मी नोट १४ प्रों ५जीको डिजाइनमा टिकाउपन र Boldnessलाई जोड दिइएको छ, र यसमा आईपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर पनि छ, जसले दैनिक जीवनका चुनौतीहरूलाई सामना गर्न सक्षम बनाउँछ। यसमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ, जसले स्मार्टफोनलाई सुरक्षा र स्टाइलको सन्तुलन प्रदान गर्दछ।
यस मोडेलमा २०० मेगापिक्सेलको मुख्य क्यामरा, ओआईएस र १६-इन-१ पिक्सेल विनिङ प्रविधि, ८ मेगापिक्सेल अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेल म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा उपलब्ध छ। साथै, डायनामिक शट्स, मोसन ट्राकिङ फोकस र डुअल भिडिओ मोडजस्ता फिचरहरूले फोटोग्राफी अनुभवलाई थप क्रिएटिभ बनाउँछन्। ५११० एमएएच ब्याट्री र १२० वाट हाइपरचार्ज फिचरले यो स्मार्टफोनलाई छिटो चार्ज गर्न सक्षम बनाउँछ।
यसका साथै, गुगलको सर्कल टु सर्च, एआई इरेज प्रो, एआई फिल्म, एआई इमेज एक्सपान्सन लगायतका एआई फिचरहरू पनि उपलब्ध छन्। रेड्मी नोट १४ सिरिजका मूल्यहरू २४,९९९ रुपैयाँ (६/१२८ जीबी) देखि ५४,९९९ रुपैयाँ (१२/५१२ जीबी) सम्म रहेको छ, र यसमा मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, ओसन ब्लू, मिस्ट पर्पल, लाइम ग्रिन र कोरल ग्रिन रंगका विकल्प उपलब्ध छन्।