आरबीआईले ११ औं पटक रिपो दर स्थिर राख्दै भन्यो, “अर्थतन्त्रमा सुधारको संकेत छ ठूलो नीतिगत परिवर्तन आवश्यक छैन्”



Advertisement
Ads

भारतको रिजर्भ बैंक (आरबीआई)ले शुक्रबार रिपाे दर ६.५ प्रतिशतमै स्थिर राख्ने घोषणा गरेको छ। यससँगै छिमेकी देश भारतमा फेब्रुअरी २०२३ यता ११ औं पटक सम्म बसेको मौद्रिक कमिटीको बैठकले रिपाे दर परिवर्तन गरेको छैन।

आरबीआईका गभर्नर शक्तिकान्त दासले चालू आर्थिक वर्षका लागि भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि दरको प्रक्षेपण घटाएर ६.६ प्रतिशतमा ल्याएका छन्। यसअघि जीडीपी वृद्धि दर ७.२ प्रतिशत रहने अपेक्षा गरिएको थियो।


Advertisement

यस्तै, आरबीआईले सीआरआर ०.५ प्रतिशत घटाएर ४ प्रतिशत पुर्‍याएको छ। यसले भारतीय बैंकहरूलाई थप १.१६ लाख करोड रुपैयाँ थप रकम ऋणका लागि उपलब्ध गराउने स्पेस दिनेछ।

गभर्नर शक्तिकान्त दासले पछिल्ला महिनाहरूमा आएका तथ्यांकलेले अर्थतन्त्र तल्लो तहबाट माथि उठ्न थालेको कारण कुनै ठूलो नीतिगत परिवर्तन आवश्यक नरहेको बताइएका छन।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर