काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाइएका पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान तीन दिनपछि सकिएको छ।
शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिनमा पूरा भएको हो। लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरेर बिहीबार काठमाडौं ल्याइएको थियो।
बयान सकिएपछि लामिछानेलाई भोलि (मंगलबार) पोखरा फर्काउने तयारी गरिएको छ। यसअघि उनलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलनका विषयमा बयान लिन पोखराबाट रुपन्देही पनि पठाइएको थियो।














![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)



प्रतिकृया