राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चुनाव जिते पनि सांसद बन्न नपाउने चर्चा यतिबेला व्यापक बनेको छ। उनका विरोधीहरूले यही विषयलाई चर्काउँदै उनलाई भोट दिनुको औचित्य नरहेको दाबी गर्दै आएका छन्। यसअघि दुईपटक विजयी भएको चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक उम्मेदवार बनेका लामिछाने हाल आफ्नो निर्वाचन क्षेत्रमा पुगेर पार्टी कार्यकर्ता र मतदातासँग भेटघाट तथा अन्तरक्रिया गरिरहेका छन्।
यसै क्रममा एक मतदाताले सांसद निर्वाचित भए पनि स्वतः निलम्बन हुने कानूनी प्रावधानबारे प्रश्न गर्दा लामिछानेले त्यसप्रति असहमति जनाएका छन्। उनले भने, “सभामुख पहिलेकै देवराज घिमिरे भए त होला स्वतः निलम्बन। ओलीको आदेशका भरमा टाँसिदिने भए होला। तर यो देशमा नियम छ, कानून छ, संसदीय नियमावली छ, सिस्टम छ। सबै कुरा कानून बमोजिम हुन्छ।”
लामिछानेले आफू संसद प्रवेश गर्न नपाए पनि जनताका लागि काम गरिरहने बताए। उनले पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेको स्मरण गर्दै सांसद नहुँदा पनि समाजका लागि काम गर्न सकिने उल्लेख गरे। “मान्छे भएर पनि काम गर्न सकिन्छ,” भन्दै उनले कानूनी प्रक्रिया र न्याय प्रणालीप्रति आफूलाई विश्वास रहेको बताए।
हाल रवि लामिछानेविरुद्ध देशका विभिन्न अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा विचाराधीन छन्। उनीमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा पनि दर्ता छन्। यद्यपि महान्यायाधिवक्ताको कार्यालयले ती मुद्दा फिर्ता लिने निर्णय गरे पनि यसको कार्यान्वयन भइसकेको छैन। अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सांसद पदमा रहन नपाइने कानूनी प्रावधान रहेको छ।

















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)
प्रतिकृया