instainsta

रवि लामिछानेले भने, “मध्यरातमा मेरो बेडरुममा छिरेर अन्तिम इच्छा सोध्नेलाई २१ गते जनताले जवाफ दिन्छन्”

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ५ गते
रवि लामिछानेले भने, “मध्यरातमा मेरो बेडरुममा छिरेर अन्तिम इच्छा सोध्नेलाई २१ गते जनताले जवाफ दिन्छन्”
AdvertisementAds

रवि लामिछानेले आफूलाई घेराबन्दी गरेर सखाप पार्न खोजिए पनि असफल भएको बताएका छन्। चितवन–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मध्यरातमा बेडरुममा प्रवेश गरी ‘तेरो अन्तिम इच्छा के हो?’ भनेर सोधिएको घटनाको स्मरण गरे। उनले आफूलाई उखेल्न, लुछ्न, मार्न तथा मानसिक र भौतिक रूपमा समाप्त पार्न खोजिएको आरोप लगाउँदै त्यसबेला आफूले कुनै जवाफ नदिएको र आफ्नो “अन्तिम इच्छा”को जवाफ फागुन २१ गते जनताले दिने बताए।

उनले फागुन २१ को निर्वाचनलाई सामान्य मतदान नभई परिवर्तनको आधार हुने दाबी गर्दै यसपटक देशले वर्षौँदेखि देखेको सपना पूरा गर्नुपर्ने बताए। राजनीतिक आवरणमा राज्यका संरचनाहरूलाई भर्ती केन्द्र बनाउने, बजेटको गलत वितरण गर्ने र अन्य क्षेत्रलाई विभेद गर्ने प्रवृत्तिको हिसाब यसपटक गर्नुपर्ने उनको भनाइ थियो।

आफूमाथि विभिन्न जिल्लामा मुद्दा दायर गरिएको उल्लेख गर्दै उनले त्यसको न्यायिक र कानुनी लडाइँ आफूले लड्ने तर ३४ वर्षदेखि जनताको सपनामाथि ‘डोजर चलाइएको’ हिसाब राजनीतिक रूपमा जनताले चुकाउने बताए।

चितवनप्रति आफू पूर्ण विश्वस्त रहेको बताउँदै उनले तीन वर्षअघि चितवनबाट सुरु भएको “निलो क्रान्ति” अहिले देशभर फैलिएको दाबी गरे। इतिहास रच्ने यात्रा चितवनबाट सुरु भएको उल्लेख गर्दै अन्य जिल्लाहरू पनि यस अभियानमा साथ दिन तयार रहेको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स