insta insta

२२ दिन बन्द हुने भयो रसुवागढी हाइड्रोपावर, कारण यस्तो

२२ दिन बन्द हुने भयो रसुवागढी हाइड्रोपावर, कारण यस्तो
Advertisement Ads

रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–टिमुरेमा रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र आगामी २२ दिनका लागि विद्युत् उत्पादन बन्द हुने भएको छ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार केन्द्रमा आवश्यक पुनर्स्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गर्न लागिएको हो।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार केन्द्रबाट २०८३ साल जेठ २२ गतेदेखि असार १३ गतेसम्म विद्युत् उत्पादन बन्द रहनेछ।

गत २०८२ साल असार २४ गते आएको ठूलो हिमबाढीका कारण केन्द्रका विभिन्न संरचना तथा मेसिन उपकरणमा क्षति पुगेको थियो। त्यसपछि क्षतिको आंशिक मर्मत तथा पुनर्स्थापना गरी हाल तीनवटै युनिटबाट विद्युत् उत्पादन सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आगामी वर्षायाममा पूर्ण क्षमतामा विद्युत् उत्पादन सुनिश्चित गर्न हाइड्रोमेकानिकल तथा विद्युतीय उपकरणको मर्मत, संरचनागत सुधार र जोखिम न्यूनीकरणका काम गर्न आवश्यक भएकाले केन्द्र अस्थायी रूपमा बन्द गर्न लागिएको हो।

तोकिएको अवधिमा आवश्यक सबै मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न गर्ने कम्पनीले जनाएको छ। यद्यपि कार्यस्थलको अवस्थाअनुसार आवश्यक परे कार्यतालिकामा परिवर्तन हुन सक्ने कम्पनीको भनाइ छ।

Screenshot 5 6 2026 123258 nepalstock.com https://bajarkochirfar.com/rasuwagadhi-hydropower-to-be-closed-for-22-days-heres-the-reason | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स