SHAREHUBSHAREHUB

रञ्जिता श्रेष्ठ नेतृत्वको ‘नाउपा’ रुपन्देहीका अध्यक्षसहित ३३ जनाको सामूहिक राजीनामा, रास्वपा प्रवेश गर्ने

AdvertisementAds
रञ्जिता श्रेष्ठ नेतृत्वको ‘नाउपा’ रुपन्देहीका अध्यक्षसहित ३३ जनाको सामूहिक राजीनामा, रास्वपा प्रवेश गर्ने
AdvertisementAds

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्ष तुल्सी थारूसहित ३३ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने तयारीका साथ पार्टी परित्याग गरेका हुन्।

जिल्ला अध्यक्ष थारूले पार्टी नेतृत्व तहबाट पछिल्लो समय गरिएका निर्णय, कार्यशैली तथा संगठन सञ्चालन प्रक्रियाप्रति गम्भीर असहमति जनाउँदै राजीनामा दिएको बताएका छन्। थारूले पुस १९ गतेदेखि लागू हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको जानकारी दिए।

सोमबार (पुस २१) नाउपाका पूर्वपदाधिकारी, थरूहट/थारूवान संयुक्त संघर्ष समितिसहित आफूहरू औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने तयारीमा छन्।

राजीनामा दिनेमा जिल्ला अध्यक्ष तुल्सी थारूसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष रामबहादुर थारू, महिला जिल्ला अध्यक्ष राधा चौधरीलगायत अन्य नेता–कार्यकर्ता रहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स