गायिका रचना रिमाललाई अस्पताल भर्ना गरिएको छ। सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनी अचानक स्वास्थ्य समस्याबाट ग्रसित भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट नेपालगञ्ज लगिएको थियो।
त्यसपछि मंगलबार बिहान नेपालगञ्जबाट काठमाडौं ल्याएर ह्याम्स अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ। रचना रिमाल सोमबार रूकुम पुगेर मंगलबार सानिभेरीको बेलटापुमा जारी महोत्सवमा प्रस्तुति दिने तयारीमा थिइन्।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया