रवीन्द्र मिश्रले हृदयन्द्रलाई ‘सरकार’ भन्दै दिए जन्मदिनको शुभकामना, गद्दीआसीन हुन तयार रहन आग्रह

रवीन्द्र मिश्रले हृदयन्द्रलाई ‘सरकार’ भन्दै दिए जन्मदिनको शुभकामना, गद्दीआसीन हुन तयार रहन आग्रह
Advertisement Ads

शाहलाई जन्मदिनको शुभकामना दिँदै भविष्यमा राजाका रूपमा गद्दीआसीन हुने दिनका लागि तयार रहन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मिश्रले हृदयन्द्रलाई ‘सरकार’ सम्बोधन गरेका छन्। उनले विश्वकै सबैभन्दा कठिनमध्येको एक जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै त्यसका लागि मानसिक, भावनात्मक र बौद्धिक रूपमा आफूलाई तयार राख्न सुझाव दिएका छन्।

हृदयन्द्रको सालिनता र गरिमाको प्रशंसा गर्दै मिश्रले लेखेका छन्, ‘ढिलोचाँडो सरकारबाट गद्दीआसीन हुनुपर्ने दिन अवश्य आउनेछ । सो दिनका लागि आफूलाई तयार राख्नुहोला ।’

शुभकामना सन्देशमा मिश्रले नेपालको वर्तमान राजनीतिक अवस्था र भू–राजनीतिक संवेदनशीलताको सन्दर्भ उठाउँदै राजसंस्थाको पुनर्स्थापना आवश्यक रहेको जिकिर गरेका छन्। उनले गत भदौ २३ र २४ गतेका घटनाको उल्लेख गर्दै राजसंस्था नहुँदा विदेशी शक्तिहरूले हस्तक्षेप गर्ने अवसर पाएको र देश द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनीसमेत दिएका छन्।

यसक्रममा उनले लेखेका छन्, ‘मैले बारम्बार भन्ने गरेको छु, नेपालमा राजसंस्था भइदिएको भए भदौ २४ गते न देउवा दम्पतीले कुटाइ खानुपर्थ्यो, न नेताहरू हेलिकोप्टर चढेर भाग्नुपर्थ्यो,’ मिश्रले अगाडि लेखेका छन्, ‘नेपालजस्तो संवेदनशील देशमा राजसंस्था पुनर्स्थापित नगर्नु भनेको देशको भविष्य नै संकटमा पार्नु हो ।’

मिश्रले राजसंस्थाको आवश्यकता सम्बन्धी चेतना अहिले जनस्तरमा व्यापक रूपमा फैलिएको दाबी पनि गरेका छन्। साथै, ‘विचारभन्दा माथि देश’ र ‘देशका लागि नरेश’ भन्ने नारालाई जोड दिँदै देशको संरचनागत पुनरावलोकन नगरिए मुलुक अस्तित्वकै संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।

Screenshot 30 7 2026 143612 www.facebook.com https://bajarkochirfar.com/rabindra-mishra-wishes-hridayendra-sarkar-on-his-birthday-urges-him-to-be-ready-to-ascend-the-throne | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स