पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा थुनामा रहेका बेला उनकी पत्नी निकिता पौडेलले बैंक खातामा भएको पैसाबारे उठेको विवादमा आफ्नो धारणा सार्वजनिक गरेकी छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले विभिन्न सञ्चार माध्यमले आफू र आफ्नो बैंक खातामा रकमबारे भ्रामक समाचार फैलाएको आरोप लगाइन्। उनले आफ्नो सम्पूर्ण बैंकिङ विवरण प्रहरीलाई बुझाइसकेको बताउँदै मिडियाले तथ्यभन्दा बाहिर गइ समाचार लेखेको गुनासो गरेकी छन्।
“कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछाेडेकाे भए बैंकिङ काराेबारकाे अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने हाेइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ! समाचार लेख्नेमाथि दया लागेर आउँछ,” उनले भनेकी छन् ।
त्यस्तै, निकिताले आफूसँग करोडौं रकम भएको दाबीलाई अस्वीकार गर्दै आफ्नो आर्थिक स्थिति स्पष्ट पारिन्। “४ करोडमा घर किनेको छु र अहिले पनि त्यसको किस्ता तिरिरहेको छु। यति रकम छ भनेर मिडियाले अनुमान गर्नुभन्दा सोधेको भए बताइदिन्थे नि!” उनको भनाइ छ।
उनले आफ्नो श्रीमान हिरासतमा रहँदा केही सञ्चार माध्यमले संवेदनहीन भएर झुटा आरोप लगाएको आरोप पनि लगाइन्। “श्रीमान थुनामा रहँदा ममाथि मिडियाले देखाएको ‘पुरुषार्थ’ हेर्दा आश्चर्य लागेको छ।” निकिताले मिडिया ट्रायलको गुनासो गर्दै भनेकी छन्, “म तथ्यको पक्षमा छु र प्रमाण कुरिरहेकी छु।”
Ads
निकिता पौडेलको यस प्रतिक्रिया सहकारी ठगी प्रकरणसँग जोडिएको बैंक खातामा करोडौं रकम गएको दाबीबारे आएका समाचारपछि आएको हो। यसैबीच, रवि लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। उनीमाथि अन्य सहकारी ठगीको आरोपमा पनि अनुसन्धान भइरहेको छ।
यस्तो छ उनले लेखेको फेसबुक स्टाटस :

प्रतिकृया