पियोर इनर्जी लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा २.४६ गुणा बढी आवेदन परेको छ। वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको यस आईपीओमा मंगलबार फागुन २० गते साँझ ५ बजेसम्म १६ हजार ५७४ आवेदकहरूले ३ करोड ५४ लाख ७७ हजार कित्ताका लागि आवेदन दिएका छन्।
कम्पनीले आज (फागुन २०) गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार २०० कित्तासम्म आवेदन दिन सक्नेछन्। यसमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्।










![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया