पियोर इनर्जीको आईपीओ पहिलो दिनमै ओभरसब्सक्राइब, कति गुणा बढी पर्‍यो आवेदन?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २० गते
पियोर इनर्जीको आईपीओ पहिलो दिनमै ओभरसब्सक्राइब, कति गुणा बढी पर्‍यो आवेदन?

पियोर इनर्जी लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा २.४६ गुणा बढी आवेदन परेको छ। वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको यस आईपीओमा मंगलबार फागुन २० गते साँझ ५ बजेसम्म १६ हजार ५७४ आवेदकहरूले ३ करोड ५४ लाख ७७  हजार कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीले आज  (फागुन २०) गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार २०० कित्तासम्म आवेदन दिन सक्नेछन्। यसमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्।

 

 

 

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स