बागमती प्रदेश सरकारले भोलि बैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तर, भोलिको उक्त बिदाको असर सेयर बजारमा भने नपर्ने भएको छ।
बागमती प्रदेशमा सार्वजनिक बिदा भए पनि सेयर बजार खुला रहने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले वैशाख १२ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार सो बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले नेपाली भाषासँगै तामाङ भाषा र नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने अवसरमा सार्वजनिक बिदा दिएको हो।
उक्त निर्णय बागमती प्रदेश राजपत्रमा वैशाख २० गते प्रकाशित गरिएको छ।




















प्रतिकृया