भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा, नेप्से खुल्ला कि नखुल्ला ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २३ गते
भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा, नेप्से खुल्ला कि नखुल्ला ?

बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मिति २०८२ साल चैत २३ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार बिहीबार बिदा दिने निर्णय गरिएको हो।

यो बिदा “प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस” को अवसरमा दिइएको हो। उक्त बिदा बागमती प्रदेशका सबै सरकारी कार्यालय तथा निकायहरूमा लागू हुने मन्त्रालयले जनाएको छ।

तर, उक्त बिदाको असर सेयर बजारमा भने नपर्ने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुरहरि पराजुलीका अनुसार सेयर बजार संघीय सरकारले घोषणा गरेको सार्वजनिक बिदाका दिन मात्र बन्द हुन्छ। त्यसैले बागमती प्रदेशमा सार्वजनिक बिदा भए पनि नेप्से भने खुला रहनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स