राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (मंगलबार) काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ। विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध कार्यक्रम आयोजना गर्न लागिएको हो, जसका लागि राप्रपाले प्रशासनबाट अनुमति पनि लिएको छ।
साथै, शिक्षक संघ तथा सहकारी र लघुवित्त पीडितहरूले पनि छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। प्रदर्शनका कारण सवारी आवागमन प्रभावित हुन सक्ने भएकाले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यकतानुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ।
डाइभर्सन गरिने मुख्य स्थानहरू:
खसीबजार – मकालु – कलङ्की चोक – बाफल
बल्खु चोक – कुलेश्वर – कालीमाटी चोक – टेकु
कीर्तिपुर – सुन्दरीघाट – सानेपा – एकान्तकुना
आवश्यक परेमा थप गरिने सम्भावित डाइभर्सन प्वाइन्टहरू:
त्रिपुरेश्वर
बालाजु
हलचोक
नैकाप
सीतापाइला
चोभार
फर्पिङ
नख्खु दोबाटो
कोटेश्वर
पार्किङका लागि निर्धारण गरिएका स्थानहरू:
टियू गेटदेखि चोभार सडक खण्ड
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँ बसपार्क
सीतापाइला – बाफल सडक खण्डको एक लेन
अन्य प्रदर्शनहरू:
नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गर्नेछ।
सहकारी तथा लघुवित्त पीडित समूहले शान्तिवाटिकामा विरोध कार्यक्रम गर्नेछ।
यी प्रदर्शनहरूका कारण ट्राफिक प्रहरीले सम्बन्धित क्षेत्र वरपर पनि सवारी डाइभर्सन लागू गर्ने जनाएको छ। साथै, ती क्षेत्रमा जानुपर्ने सवारी साधनका चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)

प्रतिकृया