प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३९.१९ प्रतिशतले वृद्धि भएर ३२ लाख रूपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ लाख रूपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको खुद बिमा शुल्क ७९०.४० प्रतिशतले बढेर २ करोड ९५ लाख रूपैयाँ पुगेको छ, जुन गत वर्ष ३३ लाख १२ हजार रूपैयाँ थियो।
चालु त्रैमासमा कम्पनीको कुल आम्दानी १०७.६३ प्रतिशतले वृद्धि भई ८ करोड १३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कुल आम्दानी करिब ३ करोड ९२ लाख रुपैयाँ रहेको थियो। त्यस्तै, कुल खर्च पनि ११३.९० प्रतिशतले बढेर ७ करोड ६७ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ३ करोड ५८ लाख रुपैयाँ मात्र थियो।
कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रूपैयाँ रहेको छ, र यसको महाविपत्ति कोषमा करीब ५ लाख रूपैयाँ, जगेडा कोषमा ४३ लाख रूपैयाँ सञ्चिति रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष ०.५८ रुपैयाँ रहेकोमा यस त्रैमासमा घटेर ०.१८ रुपैयाँमा झरेको छ।
अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया