instainsta

बाफियाबाट व्यवसायी र बैंकर छुट्याउने प्रस्तावले आर्थिक विकास रोक्न सक्छ: अध्यक्ष ढकाल

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २२ गते
बाफियाबाट व्यवसायी र बैंकर छुट्याउने प्रस्तावले आर्थिक विकास रोक्न सक्छ: अध्यक्ष ढकाल
AdvertisementAds

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन्। काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालले संसद्मा विचाराधीन ऐनमा संशोधनको प्रस्ताव अनुसार जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित बन्ने धारणा राखे।

बाफियासँग सम्बन्धि ऐन संशोधन गर्न संसद्म प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रुपमा लिनु पर्ने उनको तर्क थियो।‘व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ। यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ।

एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत सेयर संस्थापकलाई दिने भनिएको छ। यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ। यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी सेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन्’, ढकालले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स