सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कोशी प्रदेशका विभिन्न शाखा कार्यालयहरूका लागि दरखास्त आह्वान गरेको छ। इटहरी शाखाका लागि ब्रान्च इन्चार्ज (अधिकृत तह) र मार्केटिङ असिस्टेन्ट/जुनियर असिस्टेन्ट माग गरिएको छ। इटहरीको ब्रान्च इन्चार्जका लागि स्नातक तह उत्तीर्ण गरी ३ देखि ५ वर्षको अनुभव आवश्यक पर्नेछ। उर्लाबारी र दुहबीका लागि मार्केटिङ जुनियर असिस्टेन्ट तथा धरान शाखाका लागि ब्रान्च इन्चार्ज पदमा कर्मचारी माग गरिएको छ। मार्केटिङ पदका लागि स्नातक तहमा अध्ययनरत र १ देखि २ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन्। इच्छुक उम्मेदवारहरूले २०८३ जेष्ठ १ गतेसम्म आधिकारिक वेबसाइट मार्फत आफ्नो आवेदन दिनुपर्नेछ।
थप सुचनामा:

