■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Sanima Bank |
| ◆ पद (Position / Title): | Assistant Officer – Internal Audit |
| ◆ रिक्त संख्या (Vacancies): | Not specified |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | September 17, 2026 |
◆ संक्षिप्त जानकारी (Summary):
सनिमा बैंकले आन्तरिक लेखापरीक्षण विभागमा कार्य गर्नका लागि सहायक अधिकृत पदमा कर्मचारी माग गरेको छ।
सनिमा बैंकले आफ्नो प्रधान कार्यालयस्थित आन्तरिक लेखापरीक्षण (Internal Audit) विभागका लागि सहायक अधिकृत (Assistant Officer) पदमा दरखास्त आह्वान गरेको छ। बैंकले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
यस पदका लागि शैक्षिक योग्यता अन्तर्गत व्यवस्थापन संकायमा स्नातकोत्तर (Master’s Degree) तह उत्तीर्ण गर्नुका साथै चार्टर्ड एकाउन्टेन्सी (CA) पूरा गरेको हुनुपर्नेछ। अनुभवको हकमा सम्बन्धित क्षेत्र (लेखापरीक्षण) मा कम्तीमा दुई वर्षको अनुभव हुनुपर्ने बैंकले उल्लेख गरेको छ। आवेदन दिने उम्मेदवारको उमेर १७ सेप्टेम्बर २०२६ सम्म ३५ वर्ष ननाघेको हुनुपर्नेछ।
बैंकका अनुसार आवेदन दिँदा उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण, पेशागत विवरण, हाल कार्यरत संस्था र हालको पद स्पष्ट रूपमा खुलाउनुपर्नेछ। उम्मेदवारहरूले आफ्नो हालको तहभन्दा एक तहभन्दा माथिको पदका लागि आवेदन दिन प्रोत्साहित नगरिने सूचनामा उल्लेख छ। शैक्षिक योग्यताभन्दा सान्दर्भिक कार्य अनुभवलाई बढी प्राथमिकता दिइनेछ। छनोट प्रक्रियामा सर्टलिस्ट गरिएका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ता र थप प्रक्रियाका लागि बोलाइनेछ।
इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक करियर पोर्टल मार्फत १७ सेप्टेम्बर २०२६ को बेलुका ५:०० बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन्। बैंकले कुनै पनि आवेदन बिना कारण स्वीकृत वा अस्वीकृत गर्ने अधिकार आफूमा निहित राखेको छ।
थप सुचनामा:


