नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। विज्ञापन अनुसार व्यवस्थापकीय श्रेणीका लागि स्नातकोत्तर उत्तीर्ण र ४ वर्षको अनुभव वा स्नातक उत्तीर्ण र ७ वर्षको अनुभव माग गरिएको छ। त्यस्तै अधिकृत श्रेणीका लागि स्नातक उत्तीर्ण र ३ वर्षको अनुभव वा १०+२ उत्तीर्ण र ४ वर्षको अनुभव हुनुपर्नेछ भने सहायक श्रेणीका लागि १०+२ उत्तीर्ण सहित कम्प्युटरको आधारभूत तालिम र २ वर्षको अनुभव अनिवार्य छ। इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफ्नो बायोडाटा, फोटो र नागरिकताको प्रतिलिपि सहित संस्थाको ईमेल [email protected] मार्फत वा कर्पोरेट कार्यालय लोकन्थलीमा आवेदन दिन सक्नेछन्।
थप सुचनामा:

