सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गुल्मीको बलेटक्सार शाखा कार्यालयका लागि प्रशिक्षार्थी सहजकर्ता पदमा कर्मचारी माग गरेको छ। यस पदका लागि न्यूनतम योग्यता एस.एल.सी. (SLC) उत्तीर्ण हुनुपर्नेछ र कम्प्युटरमा काम गर्न सक्नेलाई प्राथमिकता दिइनेछ। आवेदकको उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा माथिल्लो उमेर हद ४० वर्ष सम्म रहनेछ। यो नियुक्ति करार सेवामा १ वर्षका लागि हुनेछ। इच्छुक योग्यता पुगेका उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको ७ दिनभित्र नागरिकता, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रको प्रतिलिपि सहित बलेटक्सार शाखा कार्यालयमा दरखास्त दिन सक्नेछन्।
थप सुचनामा:

