■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Himalayan Laghubitta Bittiya Sanstha Limited |
| ◆ पद (Position / Title): | Junior Assistant (Trainee) |
| ◆ रिक्त संख्या (Vacancies): | 33 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०४/०९ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०४/२३ |
◆ संक्षिप्त जानकारी (Summary):
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि ३३ जना कर्मचारीको माग गरेको छ।
हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि दरखास्त आह्वान गरेको छ। राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले देशभर रहेका आफ्ना विभिन्न शाखाहरूका लागि कूल ३३ जना कर्मचारीहरूको पदपूर्ति गर्न लागेको हो। इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
यस पदका लागि न्यूनतम योग्यता एस.एल.सी. वा एस.ई.ई. तह उत्तीर्ण गरेको हुनुपर्नेछ। मोटरसाइकल चालक अनुमतिपत्र प्राप्त गरी आफ्नै सवारी साधन भएका उम्मेदवारहरूलाई छनौट प्रक्रियामा विशेष ग्राह्यता दिइने सूचनामा उल्लेख छ। यसका साथै कम्प्युटर (वर्ड, एक्सेल, इमेल-इन्टरनेट र नेपाली टाइपिङ) सम्बन्धी ज्ञान भएका र काठमाडौं उपत्यका बाहिरका दुर्गम तथा ग्रामीण क्षेत्रमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।
उमेर हदको हकमा दरखास्त दिने अन्तिम दिनसम्म १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ, तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुने व्यवस्था छ। छनौट प्रक्रियामा उल्लेखित पदहरूको प्रस्तुतीकरण वा अन्तर्वार्ता लिइनेछ। सेवाको किसिम प्रशिक्षार्थी रहनेछ भने तलब तथा अन्य सुविधाहरू वित्तीय संस्थाको नियमानुसार हुनेछ।
योग्य उम्मेदवारहरूले निवेदनका साथमा वैयक्तिक विवरण (बायोडाटा), हालसालै खिचिएको फोटो, नागरिकताको प्रतिलिपि र अनुभव भएमा सोको प्रमाणपत्र सहित संस्थाको वेबसाइट http://himalayanlaghubitta.rigojobs.com मार्फत वा सिधै संस्थाको पायक पर्ने शाखा कार्यालयहरू वा चावहिल, काठमाडौं स्थित केन्द्रीय कार्यालयमा आवेदन बुझाउन सक्नेछन्।
थप सुचनामा:



