एभरेष्ट बैंक लिमिटेडले काठमाडौं उपत्यका बाहिरका विभिन्न शाखा र कार्यालयहरूका लागि योग्य, ऊर्जावान र स्व-प्रेरित नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ। बैंकले ९९ जना कस्टमर सर्भिस एसोसिएट्स (CSA) र १५ जना म्यानेजमेन्ट ट्रेनी (MT) गरी जम्मा ११४ जना कर्मचारी माग गरेको हो। कस्टमर सर्भिस एसोसिएट्सका लागि न्यूनतम १०+२ मा ६० प्रतिशत अंक वा स्नातक तह उत्तीर्ण भएको हुनुपर्नेछ भने म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातकोत्तर तहमा प्रथम श्रेणी प्राप्त गरेको हुनुपर्नेछ। उमेरको हकमा १८ देखि ३० वर्ष तोकिएको छ भने महिला उम्मेदवारको हकमा ५ वर्ष थप सुविधा दिइएको छ। इच्छुक उम्मेदवारले २०८३ जेठ ५ गते (१९ मे २०२६) भित्र मेरोजबको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। छनोट भएका उम्मेदवारहरूलाई लिखित परीक्षा र अन्तर्वार्ताका लागि बोलाइनेछ।
थप सुचनामा:

