प्रधानमन्त्री ओली भन्छन्, “स्टन्टबाजीवाट देश चल्दैन, सबैको ईमान्दार प्रयास जरूरी छ”

प्रधानमन्त्री ओली भन्छन्, “स्टन्टबाजीवाट देश चल्दैन, सबैको ईमान्दार प्रयास जरूरी छ”
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकता औंल्याउँदै कुनै प्रकारको ‘स्टन्ट’बाजीबाट देशको विकास सम्भव नहुने बताएका छन्।

नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यावसायी सम्मेलन, २०२५ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताप्रति इमानदारी र प्रतिबद्धताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई कठिनाइ र विपन्नताबाट मुक्ति दिनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएपछि अब शान्ति, सुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबैले कटिबद्ध हुनुपर्ने आवश्यकता रहेको बताउँदै संसदले न्यायपूर्ण कानुन बनाउनुपर्ने र उक्त कानुनका पालना हुने सुनिश्चितता आवश्यक भएको स्पष्ट पारे।

“संसद्ले सार्वभौमसत्तासम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछ भन्ने हेक्का राखेर काम गर्नुपर्छ,” उनले भने, “सरकारले म नै सबै कुरा हुँ भन्ने भ्रम पाल्न नहुने छ।”

प्रधानमन्त्री ओलीले सरकार सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाल निर्माण गर्नका लागि लागिरहेको बताएका छन् र यसमा कानुन व्यवसायीको सक्रिय योगदान अपेक्षित रहेको विश्वास व्यक्त गरे।

AdvertisementAds

उनले सम्मेलनका निष्कर्षहरू कार्यान्वयनका लागि सरकारबाट समर्थन मिल्ने बताउँदै युवा कानुन व्यवसायीहरूले न्यूनतम पारिश्रमिक पाउने समस्याको समाधान गर्नुपर्ने उल्लेख गरे।

अन्त्यमा, उनले सरकारले कानुन व्यवसाय र युवाहरूसँगको सहकार्यमा यो क्षेत्रको भलाइ र उन्नतिका लागि उचित ध्यान दिने विश्वास दिलाए। सम्मेलनमा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको पनि सम्बोधन रहेको थियो र युवा कानुन व्यावसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स