SHAREHUBSHAREHUB

प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई सरकार छाड्न दिइन् सुझाव

AdvertisementAds
प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई सरकार छाड्न दिइन् सुझाव
AdvertisementAds

प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङलाई सरकार छाड्न सुझाव दिएकी छन्। स्रोतका अनुसार, सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले कुलमानलाई सरकारमा बसेर काम सकेपछि चुनावमा जान र पार्टीको काममा लाग्न सुझाव दिएकी हुन्।

कुलमानले उज्यालो नेपाल पार्टी खोल्दा राजिनामा दिन खोजेका थिए, तर त्यतिबेला प्रधानमन्त्री कार्कीले काम सकेर मात्र जान आग्रह गरेकी थिइन्। त्यसपछि कुलमान उक्त पार्टीमा संरक्षक बनेका थिए। तर उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति बन्न सहमति गरेपछि, सरकारमा उनको बसाईलाई लिएर मन्त्रिपरिषद् भित्र र बाहिर प्रश्न उठ्न थालेका थिए।

मन्त्रिपरिषद् भित्र मन्त्रीहरूले पनि सुझाव दिएका थिए कि चुनावका लागि बनेको गैरदलीय सरकारमा राजनीतिक दलको नेतृत्व तहमा पुगेको व्यक्ति रहनु ठीक हुँदैन, त्यसैले कुलमानलाई हटाउनु उचित हुन्छ। यसकारण, प्रधानमन्त्री कार्कीले कुलमानलाई सरकार छाड्न सिफारिस गरेकी हुन्।

हाल कुलमान घिसिङले रास्वपा उपसभापति बन्न सहमति जनाइसकेका छन्, तर उनले अझै शपथ लिइसकेका छैनन्। कुलमान खुला रूपमा राजनीतिमा लागिसकेका भए पनि अन्य मन्त्रीहरूको चुनाव लड्ने वा नलड्ने निर्णय अझै स्पष्ट भएको छैन।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स