नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखिएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबीचको एकता कार्यक्रममा बोल्दै प्रचण्डले सोसल मिडियामा ‘स्टन्ट’ गरेर मात्र जनताको ध्यान आकर्षित गर्ने प्रवृत्ति बढेको टिप्पणी गरे। उनले भने, “घण्टी बजाएर मात्रै हुने केही छैन। अहिले सिद्धान्तको खडेरी, विचारको खडेरी छ र सोसल मिडियामा स्टन्टवाजको भरमा जनताको दिमाग चाट्ने काम भइरहेको छ।”
त्यसैगरी, उनले सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न पनि आग्रह गरेका छन्।
















प्रतिकृया