SHAREHUBSHAREHUB

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १४ गते
AdvertisementAds
प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ
AdvertisementAds

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो। थप विवरण आउन बाँकी छ।

सीआईबीले कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।

यसअघि, कात्तिक ११ मा सीआईबीले प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो। भट्टचन पूर्व एमाले सांसद समेत हुन्।

अनुसन्धान ९८ करोड रुपैयाँ ठगीसँग सम्बन्धित छ। यस सम्बन्धमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको आधारमा सीआईबीले भट्टचनमाथि कर्जा अपचलनको मुद्दा छानबिन गर्दै आएको छ।

सीआईबीले बैंकका तत्कालीन अध्यक्ष भट्टचन र सञ्चालक कुसुम लामाको कम्पनी, प्रभु म्यानेजमेन्ट प्रालिलाई दिएको करिब १ अर्ब रुपैयाँको कर्जाको विषयमा अनुसन्धान गरिरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स