SHAREHUBSHAREHUB

इन्डोनेसियामा शक्तिशाली भूकम्प

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ११ गते
AdvertisementAds
इन्डोनेसियामा शक्तिशाली भूकम्प
AdvertisementAds

पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा आज बिहीबार ६.६ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (USGS) ले जनाएको छ। सिमेउलु टापुमा स्थानीय समयानुसार बिहान ११:५६ बजे, करिब २५ किलोमिटर गहिराइमा आएको यो भूकम्पपछि हालसम्म कुनै क्षति वा सुनामीको चेतावनी रहेको रिपोर्ट छैन। हिन्द महासागर सुनामी चेतावनी केन्द्रले पनि सम्भावित सुनामीको “कुनै खतरा छैन” भनेर स्पष्ट पारेको छ।

यता, इन्डोनेसियाको मौसम, जलवायु र जियोफिजिक्स एजेन्सी (BMKG) ले १० किलोमिटर गहिराइमा ६.३ म्याग्निच्युडको भूकम्प रेकर्ड भएको जनाएको छ। प्रशान्त ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने इन्डोनेसिया बारम्बार भूकम्प प्रभावित हुने देश हो। सन् 2021 को 6.2 म्याग्निच्युडको सुलावेसी भूकम्पले सयभन्दा बढीको ज्यान लिएको थियो भने 2018 मा पालूमा आएको 7.5 म्याग्निच्युडको भूकम्प र सुनामीले 2,200 भन्दा बढीको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स