काठमाडौँका यी १० स्थानमा आज दिउँसो बिजुली काटिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २५ गते
काठमाडौँका यी १० स्थानमा आज दिउँसो बिजुली काटिने

आज (चैत २५ गते) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार मातातीर्थ सबस्टेसनअन्तर्गतको सतुंगल फिडरमा पर्ने सबस्टेसन गेटदेखि बौथलीसम्मको क्षेत्रमा सडक विस्तारको क्रममा पुराना पोल हटाएर नयाँ पोलमा लाइन सार्ने र कन्डक्टर तार फेर्ने कार्य भइरहेकाले बिजुली काटिने भएको हो।

यसका कारण आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। प्रभावित हुने स्थानहरूमा चेकपोस्ट, थानकोट, नागढुंगा, वाणस्थली, बसुन्डोल, इन्द्थान, सिरानचौर, आँपचौर, कुखुरेचौर, महेशफाँट लगायतका क्षेत्रहरू पर्ने छन्।

यद्यपि, प्राधिकरणले काम समयभन्दा अगाडि सम्पन्न भएमा तोकिएको समयभन्दा चाँडै नै विद्युत् आपूर्ति पुनः सुचारु गरिने जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स