आज काठमाडौं उपत्यकाका यी स्थानहरुमा ५ घण्टा बत्ति जाने

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १५ गते
आज काठमाडौं उपत्यकाका यी स्थानहरुमा ५ घण्टा बत्ति जाने

काठमाडौं उपत्यकाका केही स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रअन्तर्गत विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति कटौती गर्न लागिएको हो।

आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खानेपानी/धापासी फिडरअन्तर्गतको बानियाँटार क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

यस्तै, वैशाख १७ गते मण्डिखाटार र धुम्बाराही क्षेत्रमा र वैशाख १९ गते बसुन्धारा तथा धुम्बाराही क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

साथै मौसम प्रतिकूल रहेमा विद्युत् आपूर्ति अवरोध हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स