भोलि झापासहित पाँच जिल्लाका केही क्षेत्रमा बिजुली काटिने

भोलि झापासहित पाँच जिल्लाका केही क्षेत्रमा बिजुली काटिने
Advertisement Ads

झापा, इलाम, पाँचथर, ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा भोलि (शनिबार) बिहान ४:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षणको काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गरिने भएको हो।

सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रङ्गेली, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स