नेपाल विद्युत् प्राधिकरणले आज (बिहीबार)देखि तीन दिनसम्म काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने जानकारी दिएको छ। मूलपानी १३२ केभी सबस्टेसनमा भक्तपुर–चपली १३२ केभी प्रसारण लाइनलाई ‘लुप इन लुप आउट’ गर्ने कार्यका कारण फागुन १७ गते बिहीबार बिहान ६ बजेदेखि फागुन १९ गते शनिबार साँझसम्म तोकिएका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुन सक्छ।
प्राधिकरणका अनुसार चपली, लैनचौर, चाबहिल, बालाजु सबस्टेसनहरू, साथै पुरानो चाबहिल र महाराजगन्ज ११ केभी स्विचिङ सबस्टेसनहरूबाट सञ्चालित वितरण केन्द्रअन्तर्गतका ११ केभी फिडरहरूमा विद्युत् आपूर्ति प्रभावित हुनसक्छ।


प्रतिकृया