पोर्चुगलमा कामदार भिसा बन्द, दूतावासले भन्यो: ‘भिसा रोकिएको छ, ठगीबाट बच्नुहोस्’

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २७ गते
पोर्चुगलमा कामदार भिसा बन्द, दूतावासले भन्यो: ‘भिसा रोकिएको छ, ठगीबाट बच्नुहोस्’

पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई कामदार भिसाका नाममा हुने ठगीबाट सावधान रहन आग्रह गरेको छ। बुधबार साँझ जारी गरिएको विज्ञप्तिमा दूतावासले पोर्चुगल सरकारले यही कात्तिक ६ गते (अक्टोबर २३, २०२५) देखि उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी नगर्ने निर्णय कार्यान्वयनमा आएको जनाएको छ।

दूतावासका अनुसार पछिल्ला दिनमा नेपाल र मध्यपूर्वका मुलुकहरूमा पोर्चुगलमा काम लगाइदिने नाममा ठगी गर्ने समूह सक्रिय भएका छन् । त्यसैले यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न नहुन र त्यस्ता प्रलोभनमा नपर्न सबै नेपालीहरूलाई सचेत रहन अनुरोध गरिएको छ।

दूतावासले स्पष्ट पारेको छ कामदार भिसा हाल बन्द भएकाले सो प्रकारको भिसा प्रयोग गरी कुनै पनि व्यक्ति पोर्चुगल प्रवेश गर्न पाउने छैनन्। साथै, ‘पोर्चुगल पठाइदिन्छौं’ भन्ने बहानामा हुने सम्भावित ठगीबाट बच्न सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

NOTICE https://bajarkochirfar.com/portugal-suspends-worker-visas-embassy-says-visas-have-been-suspended-avoid-fraud | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स