टर्कीले आफ्नो सेयर बजारमा सर्ट सेलिङमा प्रतिबन्ध लगाएको छ र सेयर बाइब्याकका नियमलाई सजिलो बनाएको छ। टर्कीका प्रमुख विपक्षी नेता एक्रेम इमामो़ग्लुको गिरफ्तारीपछि सेयर बजारमा ठूलो गिरावट आएको हो।
टर्कीको क्यापिटल मार्केट्स बोर्डले यसअघि सर्ट सेलिङलाई शीर्ष ५० सूचीकृत कम्पनीहरूसम्म सीमित गरेको थियो। अब यो प्रतिबन्ध अप्रिल २५ सम्म लागू हुनेछ।
नियामकले सूचीकृत कम्पनीहरूलाई अघिल्लो बजार बन्द भएको मूल्यभन्दा माथि सेयर बाइब्याक गर्न अनुमति दिएको छ र मार्जिन ट्रेडिङको लागि न्यूनतम इक्विटी क्यापिटल सुरक्षा आवश्यकतालाई ३५% बाट घटाएर २०% बनाएको छ।
राष्ट्रपति तय्यिप एर्दोगानका प्रमुख राजनीतिक प्रतिस्पर्धी एक्रेम इमामो़ग्लु, गत हप्ता भ्रष्टाचारको आरोपमा पक्राउ परेका थिए। उनले २०२८ को राष्ट्रपति उम्मेदवारीको घोषणा गर्ने योजना बनाएका थिए। उनकाे गिरफ्तारीसँगै व्यापक विरोध प्रदर्शन सुरु भएको छ, जसले देशभर अशान्ति फैलाएको छ।
यो अशान्तिले सेयर बजारमा गिरावट ल्यायो, बोरसा इस्तानबुल १०० इन्डेक्स बुधबारदेखि इमामो़ग्लुको गिरफ्तारीपछि १३% भन्दा बढी घट्यो, जबकि टर्की लिरा (TRY: USD) ले गत हप्ता रेकर्ड निचोचो स्तरमा पुगेको थियो। अहिलेको लेखनको समयमा BIST 100 इन्डेक्स ३.५% बढेको थियो र लिरा (TRY: USD) प्रति डलर ३७.८ भन्दा माथि थियो।
टर्कीको सेयर बजार, बोरसा इस्तानबुल १०० इन्डेक्स, इमामो़ग्लुको गिरफ्तारीपछि १३% भन्दा बढी घटेको छ। साथै, टर्की लिरा (TRY: USD) पनि इतिहासकै सबैभन्दा कम्जोर स्तरमा पुगेको थियो।
सीकिंग अल्फाबाट अनुदित














![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया