पाथिभरा केबलकार विवाद: आन्दोलनरत पक्षले आज गृहमन्त्री लेखकसँग छलफल गर्दै

पाथिभरा केबलकार विवाद: आन्दोलनरत पक्षले आज गृहमन्त्री लेखकसँग छलफल गर्दै

ताप्लेजुङमा निर्माणाधीन पाथिभरा केबलकारको विरोधमा रहेका आन्दोलनरत पक्ष र गृहमन्त्री रमेश लेखकबीच आज (माघ २८) गते साँझ ६ बजे वार्ता हुन लागेको छ।

आन्दोलनरत पक्षले उच्च राजनीतिक नेतृत्वसँग प्रत्यक्ष वार्ता गर्न चाहेकाले समन्वय गरिएको हो।

यसअघि, माघ २२ गते केबलकारको माथिल्लो स्टेशनमा भइरहेको निर्माण कार्य रोक्ने सहमति भए पनि आन्दोलनरत पक्षले सरकारले सहमति कार्यान्वयन नगरेको आरोप लगाएको छ।

सरकार र आन्दोलनरत पक्षबीच भएका वार्ता निष्कर्षविहीन रहँदै आएको छ। आन्दोलनरत पक्षले कर्मचारीस्तरमा नभई मन्त्रीस्तरसँग मात्र वार्ता गर्ने अडान राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स