instainsta

पशुपति भेन्चरले आईपीओ ल्याउदै, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

पशुपति भेन्चरले आईपीओ ल्याउदै, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
AdvertisementAds

पशुपति भेन्चर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।पुस ३ गते बिहान साढे ९ बजे काठमाडौंको धुम्बाराहीमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

सम्झौतापत्रमा पशुपति भेन्चरका तर्फबाट सञ्चालक दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।सम्झौताअनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटलले पशुपति भेन्चरको साधारण सेयर सार्वजनिक निष्कासनको सम्पूर्ण बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ।

पशुपति भेन्चर एक इन्भेष्टमेन्ट कम्पनी हो, जसले विगत १५ वर्षदेखि विभिन्न जलविद्युत आयोजनाहरूमा लगानी गर्दै आएको छ। कम्पनीको लगानी रहेको खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड र माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड लगायतका आयोजनाहरूले हाल विद्युत उत्पादन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स