सभामुख देवराज घिमिरेले बजेट अधिवेशन अघि प्रमुख सचेतकहरूसँग छलफल गर्दै शनिबार र सार्वजनिक बिदाबाहेक सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव राखे, जसलाई बैठकले अनुमोदन गरेको छ।
घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापबारे जानकारी दिँदै विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने बताए। उनले शिक्षकमाथि ऐन आवश्यक भएको भन्दै समितिले वैशाख २३ भित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा संसदले विधेयक प्रस्तुत गर्ने तयारी गरेको बताए।
१२ वैशाखमा कार्यव्यवस्था परामर्श समितिले यसअनुसारको क्यालेन्डर तयार पार्नेछ। निजामति लगायतका विधेयक पनि यही अधिवेशनमा पारित गर्ने तयारीमा संसद रहेको छ।











![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया