instainsta

पल्लभी लुब्रिकेन्टसले आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १६ गते
पल्लभी लुब्रिकेन्टसले आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ
AdvertisementAds

पल्लभी लुब्रिकेन्टस् लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन ( आइपीओ) जारी गर्ने भएको छ। यसका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

सम्बन्धित सम्झौतामा पल्लभी लुब्रिकेन्टस् लिमिटेडका अध्यक्ष श्याम राठी र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी नियमावली तथा बाँडफाँड निर्देशिकाअनुसार नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिएर सर्वसाधारणका लागि आइपीओ जारी गर्ने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स