जगदुल्ला हाइड्रोपावरसँग सम्झौता अघि नबढाउन निर्देशन सहित यस्ता छन् सार्वजनिक लेखा समितिका अन्य निर्णयहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २३ गते
जगदुल्ला हाइड्रोपावरसँग सम्झौता अघि नबढाउन निर्देशन सहित यस्ता छन् सार्वजनिक लेखा समितिका अन्य निर्णयहरु

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको २३औं वार्षिक प्रतिवेदन पारित भएको छ। सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र आगामी पाँच दिनभित्र सचिवालयले भाषागत शुद्धिकरण गरी सदनमा पेश गर्ने बताए।

बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग सम्बन्धित केही निर्माता कम्पनीहरूले नक्कली कागजात पेश गरी बोलपत्रमा समावेश भएको विषयमा प्रस्ट विवरण नआएसम्म सम्झौता अघि नबढाउन निर्देशन दिएको छ।

यसैगरी, बेरुजु फर्छ्यौट सम्बन्धमा तीन तहका जनप्रतिनिधिको सहभागितामा असार ९ र १० गते काठमाडौँमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय पनि गरिएको छ। उक्त गोष्ठीमा सबै प्रदेशका सार्वजनिक लेखा समिति सभापति र सचिव, विज्ञ, महालेखा परीक्षकको कार्यालय, नगरपालिका तथा गाउँपालिका महासङ्घका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सभापति पोखरेलले बेरुजु फर्छ्यौटको समग्र अवस्थाबारे स्थानीय तहदेखि संघसम्म जानकारी लिइ आगामी दिन कसरी अघि बढ्ने भन्ने विषयमा रायसुझाव लिन गोष्ठी आयोजना गर्न लागिएको जानकारी दिए।

बैठकले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन समितिको स्थलगत अवलोकन गर्ने मागलाई स्वीकृति दिएको छ।

यस वर्षको मौसम केही जटिल हुने अनुमान गर्दै समितिले पूर्वतयारीलाई चुस्त र व्यवस्थित बनाउन सरकारलाई सुझाव दिंदै आगामी धानबालीका लागि किसानलाई रासायनिक मलको अभाव नहोस् भन्न उचित व्यवस्था गर्न निर्देशन पनि दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

सिफारिस

होमपेजबिज शर्ट्स