हप्तामा दुई दिन बिदा दिनेसहित यस्ता छन् मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरू

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २२ गते
हप्तामा दुई दिन बिदा दिनेसहित यस्ता छन् मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरू

मन्त्रिपरिषदको आज बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या र कार्यालय सञ्चालनलाई ध्यानमा राख्दै, सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय भएको छ भने कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ।

अर्थ मन्त्रालयका परियोजनाहरू अन्तर्गत डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एसियाली विकास बैंक र विश्व बैंकबाट क्रमशः ४० मिलियन र ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।

साथै, दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण पनि स्वीकृत गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति पाएको छ।

राष्ट्रिय समाचार समितिले कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको राजीनामा स्वीकृत गरेको छ।

त्यस्तै, डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने छ भने आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स