सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गतेदेखि एक पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा, वस्तु खरिद-बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थाको माध्यम प्रयोग गर्नुपर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार बैठकले कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
साथै, जेनजी प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषित व्यक्तिहरूका परिवारलाई तस्विरसहितको परिचयपत्र उपलब्ध गराइनेछ, जुन आमा, बुबा, श्रीमान्, श्रीमती तथा अविवाहित छोरा-छोरीलाई दिइनेछ।
प्रत्येक वर्ष भदौ २३ गते ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णय पनि गरिएको छ। अन्तर्राष्ट्रिय सहयोग अन्तर्गत, श्रीलङ्कामा भीषण बाढी र पहिरोले क्षति पुगेकाले नेपाल सरकारले २ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
यसैगरी, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा. ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरिएको छ भने राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरिएको छ। मन्त्रिपरिषद्काका अन्य निर्णयहरू मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमार्फत जानकारी गराइने बताइएको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया