नेपाल राष्ट्र बैंकमा चमेनागृह सञ्चालन गर्ने अवसर

नेपाल राष्ट्र बैंकमा चमेनागृह सञ्चालन गर्ने अवसर
Advertisement Ads

नेपाल राष्ट्र बैंकले बालुवाटार र थापाथलीस्थित आफ्नो भवन परिसरमा चमेनागृह सञ्चालनका लागि प्रस्ताव आव्हान गरेको छ। बैंकले १५ दिनभित्र इच्छुक फर्म वा कम्पनीले आवेदन दिन सूचना प्रकाशित गरेको हो।

चमेनागृहले बैंकका पदाधिकारी, कर्मचारी, र सुरक्षाकर्मीलाई चिया, खाजा र खाना उपलब्ध गराउनुपर्नेछ। प्रस्ताव पेश गर्नका लागि आवश्यक कागजातसहित बैंकले प्रदान गरेको फारम भरि, फर्मको अद्यावधिक दर्ता प्रमाणपत्र, प्यान दर्ता, मु.अ.कर दर्ता, र आयकर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ।

चमेनागृह सञ्चालन गर्ने फर्म वा कम्पनीलाई बैंकको भवन प्रयोग गरेवापत भाडा तिर्नु पर्ने छैन। सरसफाइका लागि आवश्यक पानी बैंकले निःशुल्क उपलब्ध गराउनेछ भने पिउने र खाना पकाउन आवश्यक थप पानी व्यवस्थापन सञ्चालनकर्ताले गर्नुपर्नेछ।

सञ्चालकले शुद्ध, ताजा र गुणस्तरीय खाद्य परिकार तयार गर्नुपर्नेछ। बैंकले नियमित अनुगमन गरी सेवा गुणस्तर सन्तोषजनक नभए सम्झौता रद्द गर्न सक्नेछ। सम्झौता हुने फर्मले सुरुमा ५० हजार धरौटी राख्नुपर्नेछ।

थप जानकारीका लागि राष्ट्र बैंकको आन्तरिक प्रशासन विभागमा सम्पर्क गर्न सकिने जनाइएको छ।

474731930 987852183399160 2375308282779226930 n https://bajarkochirfar.com/opportunity-to-operate-a-cafeteria-at-nepal-rastra-bank | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स