लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि लिएको प्रथम चरणको परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। यो परीक्षा चैत ३० गते लिइएको थियो।
आयोगका अनुसार प्रथम चरणको परीक्षामा २१ हजार ८ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ४ हजार ३७५ जना मात्र उत्तीर्ण भएका छन्। यसरी, कुल परीक्षार्थीमध्ये २० दशमलब ८२ प्रतिशत मात्र पास भएका छन्।अब प्रथम चरणमा उत्तीर्ण भएका परीक्षार्थीहरूले मात्रै द्वितीय चरणको परीक्षा दिन सक्नेछन्।




















प्रतिकृया