वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ओम मेगाश्रीको आईपीओ भोलिबाट खुल्दै



Advertisement
Ads

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले भोलि  माघ २१ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गर्न लागेको हो।


Advertisement

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेर १०० अंकित मूल्यमा ६० करोड रुपियाँको जारी पुँजीको ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सेयर निष्काशन गर्न लागेको छ। पहिलो चरणमा कुल कित्ताको १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर भोलिबाट  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका खुला गर्ने भएको छ। आईपीओमा श्रम स्वीकृति प्राप्त नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


Advertisement

केयर रेटिङ नेपालले ओम मेगाश्रीलाई केयर–एनपी बीबी माइनस (डबल बी माइनस) रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्काशन र बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर