instainsta

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ओम मेगाश्रीको आईपीओ भोलिबाट खुल्दै

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ओम मेगाश्रीको आईपीओ भोलिबाट खुल्दै
AdvertisementAds

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले भोलि  माघ २१ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेर १०० अंकित मूल्यमा ६० करोड रुपियाँको जारी पुँजीको ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सेयर निष्काशन गर्न लागेको छ। पहिलो चरणमा कुल कित्ताको १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर भोलिबाट  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका खुला गर्ने भएको छ। आईपीओमा श्रम स्वीकृति प्राप्त नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

केयर रेटिङ नेपालले ओम मेगाश्रीलाई केयर–एनपी बीबी माइनस (डबल बी माइनस) रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्काशन र बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स