ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको पहिलो दिनमै भएको छ। सीडीएसका अनुसार आज (माघ २१ गते) बेलुका ५:१० सम्म १४ हजार ७०१ जनाले ३ लाख ७१ हजार ६३० कित्ताका लागि कुल रकम ३ करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन दिइसकेका छन्। जुन मागभन्दा २.०६ गुणा बढी आवेदन हो।
कम्पनीले अनुमति पाएको कुल कित्ताको १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर भोलिबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका खुला गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले यस आइपीओमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
केयर रेटिङ नेपालले ओम मेगाश्रीलाई केयर–एनपी बीबी माइनस (डबल बी माइनस) रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्काशन र बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया