चिनियाँ कम्पनी डीपसिकको चुनौतीपछि एनभिडियाको सेयर १७ प्रतिशतले घट्यो, ६०० अर्ब डलरको बजार पुँजीकरण गुमायो

चिनियाँ कम्पनी डीपसिकको चुनौतीपछि एनभिडियाको सेयर १७ प्रतिशतले घट्यो, ६०० अर्ब डलरको बजार पुँजीकरण गुमायो

अमेरिकी चिप निर्माता एनभिडियाको सेयर सोमबार १७ प्रतिशतले घटेको छ, जसले गर्दा कम्पनीले करिब ६०० अर्ब अमेरिकी डलरको बजार पुँजीकरण गुमाएको छ।

चिनियाँ स्टार्टअप डीपसिकले आफ्नो सस्तो जेनेरेटिभ एआई मोडेलको प्रभावकारी प्रदर्शन गरेपछि अमेरिकी प्रविधि कम्पनीहरूको सेयरमा भारी गिरावट आएको हो। हाङझाउस्थित ‘डीपसिक’ कम्पनीले केवल ५६ लाख डलरको लागतमा विकास गरेको च्याटबटले अमेरिकी नेतृत्वदायी एआई मोडेलहरूको स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दाबी गरेको छ।

सो घटनाले अमेरिकी प्रविधि बजारमा व्यापक असर पुर्‍याएको छ। सोमबारको कारोबारमा प्रविधि कम्पनीहरूको सूचकांक न्यासड्याक ३.१ प्रतिशतले घटेको छ।

एनभिडियाको सेयरको गिरावटसँगै अन्य प्रविधि कम्पनीहरूलाई पनि ठूलो असर परेको छ। अमेरिकी चिप निर्माता ब्रडकमको सेयर १७.४ प्रतिशतले घटेको छ भने डच कम्पनी एएसएमएल, जसले सेमिकन्डक्टर उत्पादनका लागि प्रयोग हुने मेशिन बनाउँछ, यसको सेयर ६.७ प्रतिशतले घटेको छ।

त्यस्तै, एआईका लागि उर्जामा ठूलो लगानी गरिरहेको कन्स्टलेसन एनर्जीको सेयर २० प्रतिशतभन्दा बढीले घटेको छ।

डीपसिकको उदयले अमेरिका र चीनबीचको एआई दौडलाई थप चर्काएको छ।

विश्लेषकहरूले चिनियाँ कम्पनीको दाबीलाई लिएर केही आशंका गरे पनि यसले अमेरिकी प्रविधि क्षेत्रमा ठूलो चुनौती खडा गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स