५ दिनसम्म यी क्षेत्रमा एनटीसीको इन्टरनेट र टेलिफोन सेवा नचल्ने

Advertisement Ads
५ दिनसम्म यी क्षेत्रमा एनटीसीको इन्टरनेट र टेलिफोन सेवा नचल्ने
Advertisement Ads

नेपाल टेलिकमले वीरगञ्जका विभिन्न क्षेत्रमा एफटीटीएच (FTTH) प्रणाली स्तरोन्नति (अपग्रेड) गर्ने क्रममा इन्टरनेट, टेलिफोन तथा एनटीटीभी (NTTV) सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाएको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार स्तरोन्नति कार्यका लागि निर्धारित समयावधिमा सम्बन्धित क्षेत्रका सेवामा अवरोध आउन सक्नेछ।

टेलिकमका अनुसार असार ८ गते सोमबार राति १० बजेदेखि आदर्शनगर, गणेशमान चोक, मालपोत कार्यालय, त्रिजुद्ध स्कुल, अशोक बाटिका, ठाकुरराम क्याम्पस, शिक्षा कार्यालय तथा आसपासका क्षेत्रमा सेवा प्रभावित हुन सक्नेछ। यस्तै, असार ९ गते मंगलबार राति १० बजेदेखि लिङ्क रोड, प्रभु अस्पताल, आशाराम अस्पताल, नवदीप एकेडेमी, नगवा पोखरी आसपास, भानु चोक, ब्रह्मा चोक, रामटोल तथा बाइपास रोड आसपासका क्षेत्रमा इन्टरनेट, टेलिफोन र एनटीटीभी सेवा अवरुद्ध हुन सक्नेछ।

त्यसैगरी असार १० गते बुधबार राति १० बजेदेखि प्रसूति गृह, नारायणी अस्पताल, ब्लड बैंक आसपास, बिर्ता माई मन्दिर, हनुमान मन्दिर तथा छपकैया आसपासका क्षेत्रमा सेवा प्रभावित हुने जनाइएको छ। असार ११ गते बिहीबार राति १० बजेदेखि प्रतिमा चोक, मुरली चोक, कृषि औजार कारखाना आसपास, तेजारथ टोल, मुरली बगैँचा, पावर हाउस चोक, गण्डक आसपास, नेशनल ट्रेडिङ तथा नेपाल टेलिकम प्रादेशिक कार्यालय आसपासका क्षेत्रमा पनि सेवा अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको छ।

यस्तै, असार १३ गते शनिबार बिहान ५ बजेदेखि माइस्थान आसपास, महावीर गल्ली क्षेत्र, नेपाल टेलिकम घन्टाघर तथा रेडक्रस आसपासका क्षेत्र, श्रीपुर, रानीघाट र रामगढवालगायत क्षेत्रमा पनि सेवा प्रभावित हुन सक्नेछ।

birgunj ftth system upgrade notice 1782107785317 https://bajarkochirfar.com/ntcs-internet-and-telephone-services-will-be-unavailable-in-these-areas-for-5-days | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स