SHAREHUBSHAREHUB

एनआरएनएको विवाद टुंगियो, आइतबार प्रधानमन्त्री कार्कीको उपस्थितिमा एकता हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १२ गते
AdvertisementAds
एनआरएनएको विवाद टुंगियो, आइतबार प्रधानमन्त्री कार्कीको उपस्थितिमा एकता हुने
AdvertisementAds

पछिल्ला केही वर्षदेखि विभाजित रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई समूहबीच अन्ततः एकता भएको छ। बिहीबार महेशकुमार श्रेष्ठ र बद्री केसी बीच विगतका विवाद टुंग्याएर एक भएर जाने सहमति भएको हो।

यसअघि दुवै समूह शेष घले पक्ष र अर्काे पक्षमा विभाजित थिए। घले पक्षले सर्वोच्चको फैसला कार्यान्वयन गर्दै काठमाडौंमा अलग निर्वाचन गरेर श्रेष्ठलाई अध्यक्ष घोषणा गरेपछि विवाद झन् चुलिएको थियो। केसी पक्षले बालुवाटारस्थित केन्द्रीय कार्यालय हस्तान्तरण नगरी आफूहरू संस्थापन भएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको थियो।

अदालतमा मुद्दा विचाराधीन रहँदा, श्रेष्ठले अध्यक्ष भएपछि एकताको लागि छलफल सुरु गरेका थिए। दुई पक्षले अब एउटै संस्था बनाउन सहमति जनाएका छन्। बद्री केसीले दस बुँदे सहमति भएको जानकारी दिएका छन्।

सहमति अनुसार, एकताको महाधिवेशन १७ अप्रिल २०२६ भित्र सम्पन्न हुने तय भएको छ र श्रेष्ठको नेतृत्वमा दुवै पक्ष महाधिवेशनमा सहभागी हुनेछन्। महाधिवेशनलाई पारदर्शी र विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिनेछ, जसमा रहेका सदस्यहरू अहिलेको महाधिवेशनमा उम्मेदवार नहुनेछन्।

आइतबार बिहान प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता र नयाँ महाधिवेशनको मिति सार्वजनिक गरिनेछ।

AdvertisementAds

एनआरएनएमा फुट २०७८ देखि सुरु भएको थियो। त्यसबेला १०औं महाधिवेशन विधानसम्मत नभएको भन्दै शेष घले अदालत पुगेका थिए। सर्वोच्चले घले नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्न आदेश दिएको थियो। ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भइसकेका थिए।

गत वैशाखमा घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठ निर्विरोध अध्यक्ष बनेका थिए। अध्यक्ष श्रेष्ठले सबैको अपनत्व र सम्मान सुनिश्चित गरी एकता गर्न लागिएको बताए। उनले भने, “अब बिदेशमा रहेका नेपालीहरू कुन एनआरएनएमा पर्ने भन्ने अवस्था अन्त्य हुनेछ। सबैको साझा एनआरएनए हुनेछ।”

दुई पक्षको सहमति अनुसार ११ सदस्यीय स्टेयरिङ कमिटीले आगामी ६ महिनाभित्र महाधिवेशन आयोजना गर्नेछ। कमिटीमा रहेका सदस्यहरू अहिलेको अधिवेशनमा उम्मेदवार नहुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स