सर्वसाधारणका लागि एनआरएन इन्फ्रास्ट्रक्चरले एकैपटक ४ कम्पनीको संस्थापक सेयर लिलाममा राख्यो, कति तोकियो मूल्य ?

सर्वसाधारणका लागि एनआरएन इन्फ्रास्ट्रक्चरले एकैपटक ४ कम्पनीको संस्थापक सेयर लिलाममा राख्यो, कति तोकियो मूल्य ?
Advertisement Ads

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेका चार कम्पनीका संस्थापक सेयर सर्वसाधारणले समेत किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको छ।

कम्पनीले कुमारी बैंक लिमिटेडको ५ लाख ३० हजार कित्ता, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७ हजार ४८४ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७८ हजार २०९ कित्ता र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ७४ हजार १०६ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

यसमा कुमारी बैंकको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ, नेशनल लघुवित्तको ६७५ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ३७५ रुपैयाँ र नेरुडे मिर्मिरेको ३३४ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सक्नेछन् भने अधिकतम १० अंकको गुणांकमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ।

आवेदन प्रक्रिया वैशाख १८ गतेदेखि सुरु भई जेठ १ गतेसम्म खुला रहनेछ र लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या तथा प्रस्तावित मूल्य उल्लेख गरी नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र फाराम पेश गर्नुपर्नेछ, जुन फाराम सोही कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

lilami share scaled 1 https://bajarkochirfar.com/nrn-infrastructure-auctioned-the-founder-shares-of-4-companies-at-once-for-the-general-public-what-was-the-price-set | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स