सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले अब चालकको चाबी खोस्न नपाउने भएका छन्। पाटन उच्च अदालतले न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको इजलासबाट यस्तो कार्यलाई गैरकानुनी ठहर गर्दै कानुन बमोजिम मात्र कारबाही गर्न आदेश दिएको हो।
यसअघि, कात्तिक २१ गते विवेक चौधरीले ट्राफिक प्रहरीको चाबी खोस्ने कार्यविरुद्ध रिट दायर गरेका थिए। उनले यो कार्यले संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने र स्वतन्त्रताको अधिकार उल्लङ्घन हुने बताएका थिए। सवारी तथा यातायात ऐन, २०४९ का दफा १६४ र १६० ले प्रहरीलाई केही अधिकार दिएको भए पनि चाबी खोस्ने अधिकार स्पष्ट रूपमा उल्लेख छैन।
अदालतले चाबी खोस्ने कार्यलाई अनावश्यक हस्तक्षेप र व्यक्तिको गरिमामा आँच पुर्याउने भन्दै तुरुन्त रोक्नुपर्ने निर्णय सुनाएको छ। निर्देशात्मक आदेशपछि अब ट्राफिक प्रहरीले कानुनको दायराभित्र रहेर मात्र सवारी जाँच गर्नुपर्नेछ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया