अब एकल आमाका सन्तानलाई नागरिकता बनाउन बाबुको नाम नचाहिने

अब एकल आमाका सन्तानलाई नागरिकता बनाउन बाबुको नाम नचाहिने

सरकारले एकल आमाबाट हुर्किएका सन्तानलाई आमाको नामबाट नागरिकता लिन सहज बनाउन नयाँ नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ। गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधि सभामा दर्ता गराएको विधेयकले नागरिकता ऐन २०६३ मा संशोधन गर्दै नागरिकता लिने प्रक्रियालाई सरल बनाएको छ।

यस विधेयकले खासगरी ती सन्तानहरूका लागि सहुलियत ल्याएको छ, जसका बुवाको पहिचान नखुलेको छ वा बुवा हाल सम्पर्कमा छैनन्। यस्ता सन्तानले अब आमाको नामबाट नागरिकता लिन सक्छन्। यद्यपि, नागरिकता प्राप्त गर्नका लागि ती व्यक्तिहरूलाई स्वघोषणा गर्नुपर्नेछ कि उनीहरूको बुवा पहिचान नभएको हो र उनीसँगको कुनै सम्पर्क छैन।

विधेयकमा भनिएको छ, “यदि कुनै व्यक्तिको जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम भए पनि, यदि बाबुको पहिचान नखुलेको र वहसँग सम्पर्कमा नरहेको भनी स्वघोषणा गरिन्छ भने, उक्त व्यक्तिले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न पाउनेछन्।”

यसअघि नागरिकतासम्बन्धी ऐनमा यस्तो व्यवस्था थिएन, जसका कारण एकल आमाले हुर्काएका सन्तान नागरिकता पाउन कठिनाइ भोगेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स